logo
२०८० चैत्र १६ शुक्रवार



शैलुङडाँडामा शैलुङ साहित्यिक महोत्सव २०७८ हुने

कला |
खुला |
प्रदेश |


शैलुङडाँडामा शैलुङ साहित्यिक महोत्सव २०७८ हुने


बाबुराम शर्मा
चरीकोट, फागुन ११ गते । आगामी साताको शुक्रबार दोलखाको शैलुङडाँडामा शैलुङ साहित्यिक महोत्सव २०७८ हुनेभएको छ । शैलुङ गाउँपालिकाले पर्यटकीयस्थल शैलुङडाँडाको प्रचारप्रसार एवम जिल्लामा साहित्यिक प्रवद्र्धनका लागि फागुन २० गते शुक्रबार महोत्सव गर्न लागेको गाउँपालिका अध्यक्ष भरत दुलालले जानकारी दिनुभयो ।

उहाँकाअनुसार गाउँ कार्यपालिकाको ७३ औं वैठकले पर्यटकीयस्थल शैलुङडाँडामा साहित्यिक महोत्सव आयोजना गर्ने निर्णय गरेको छ । महोत्सवको नेकपा (एमाले) का केन्द्रीय अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्नुहुने कार्यक्रम तय भएको उहाँले बताउनुभयो ।

शैलुङडाँडा दोलखाको मात्र नभई नेपालकै रमणीय पर्यटकीयस्थलको रूपमा परिचित छ । साहित्यकार, लेखकहरुबाट यो सुन्दर ठाउँको महिमा गाउन लगाउने महोत्सबको मुख्य उद्देश्य रहेको पनि गाउँपालिका अध्यक्ष दुलालले जानकारी दिनुभयो ।

समुद्री सतहबाट करिब तीन हजार पाँचसय मिटर उचाइमा जिल्लाको दक्षिण पश्चिममा सैलुङडाँडा अवस्थित छ । शैलुङडाँडा प्रकृतिले सुन्दरस्थलको रूपमा मात्र नभएर धार्मिक स्थलको रूपमा पनि परिचित छ । शैलुङडाँडामा एक सयवटा अग्ला र होचा हेर्नलायक मनमोहक सुन्दर थुम्काथुम्की डाँडाहरू छन् ।

राष्ट्रिय र स्थानीय गरी करिब सय जना कविहरु र अन्य गरी हजारौँको सहभागिता हुने अपेक्षा आयोजकले गरेको छ । १५ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको सो कार्यक्रमका लागि पालिकाले खर्च गर्ने बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?