logo
२०८० चैत्र १५ बिहीवार



बहुपति विवाह प्रथा नामक पुस्तक लोकार्पित

कला |
खुला |
प्रदेश |


बहुपति विवाह प्रथा नामक पुस्तक लोकार्पित


राजन रावत
हुम्ला, फागुन २३ गते । उत्तरी हुम्लामा बसोवास गर्दैआएका लामा समुदायको जिवनीलाई विषयवस्तु बनाएर लेखिएको ‘हुम्लो भोटेलामा संस्कृति र बहुपति विवाह प्रथा’ पुस्तक एक कार्यक्रमबीच लोकार्पित भएको छ । ग्याल्पो लोसार २१४९ को अवसर पारी आइतबार कन्जोक लामा ‘अविनाश’ द्वारा लिखित सो पुस्तक विमोचित गरिएको हो ।

लेखक लामाले हुम्लामा बसोवार गर्दैआएका लामा समुदाय चालचलन, संस्कृति, रीतिरिवाज, चलन, धर्म, चाडपर्व, पहिरन, लवाई खवाईलाई विस्तृत रुपमा समेटिएको बताउनुभयो । लामाले पुस्तकमा भोटे लामा संस्कृति र परम्परालाई समेटिएको बताउनुभयो । निकै मिहनेत गरेर तयार पारिएको पुस्तकले हुम्लो भोटेलामा समुदायको जनजीवन झल्काएको छ ।

त्यसैगरी लामा समुदायले मान्दैआएको बहुपति प्रथाका बारेमा पनि पुस्तकमा विस्तृत चर्चा गरिएको छ । बहुपतिको इतिहास, बेफाइदा र फाइदालाई पुस्तकमा केलाइएको छ । २०८ पृष्ठ लामो पुस्तकमा सात अध्याय  छन् । पुस्तक अध्ययनबाट हुम्लाको लामा समुदायको बारेमा जानकारी लिन र बहुपति प्रथाको ज्ञान लिन सघाउ पुग्ने विश्वास गरिएको छ ।

यसभित्र बहुपतिलगायत लामा समुदायभित्र रहेको विवाह र संस्कृतिबारे पनि उल्लेख गरिएको छ । विमोचन कार्यक्रममा हुम्लाका सङ्घीय सांसद छक्कबहादुर लामा, सांसद रंगमती शाही लगायतको उपस्थिति थियो । पुस्तकबारे सासद लामाले पुस्तकबाट बहुपक्षीय ज्ञान लिन सकिने बताउनुभयो । नयाँ पुस्ताका लागि पुस्तक उपयोगी भएको उहाँको भनाइ छ । सांसद शाहीले लामा समुदायको इतिहास समेट्न पुस्तक सफल भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?