logo
२०८० चैत्र १५ बिहीवार



रुससँगको वार्तामा युक्रेनको अडान कायमै

अन्तर्राष्ट्रिय |


रुससँगको वार्तामा युक्रेनको अडान कायमै


किभ, चैत ३० गते । रुसद्वारा युक्रेनमाथि भएको हमलाको विषयमा वार्ता गर्न गठित युक्रेनी वार्ता टोलीका संयोजकले युक्रेनले राखेका शर्तहरु कुनै पनि हालतमा परिवर्तन नहुने अडान राख्नुभएको छ । उहाँले युक्रेनले रुससँग वार्ता गर्ने तर पनि आफूले यसअघि राख्दै आएका अडानहरुका बारेमा कुनै परिवर्तन नहुने बताउनुभएको हो ।

रुससँगको वार्ताका लागि युक्रेनद्वारा गठित युक्रेनी वार्ता टोलीका संयोजक डेभिड अरखमानियाले सो धारणा राख्नुभएको हो । उहाँले मङ्गलबार ट्वीट गर्दै भन्नुभएको छ– हामी स्तानबुलमा भएका सम्झौताहरुका बारेमा अडिग छौँ र हामी त्यसमा कुनै परिवर्तन गर्ने पक्षमा छैनौँ ।

अहिले रुसका पक्षबाट विभिन्न शर्तहरु आएका र स्तानबुल सम्झौताको पनि अलग्गै व्याख्या गर्न खोजिएको पाइएकाले यदि त्यस्तो भयो भने त्यसले उक्त सम्झौता समेत भङ्ग हुने त्रास रहेको पनि बताउनुभयो । उहाँले युक्रेन पहिल्यैदेखि आफ्ना अडानहरुमा स्पष्ट रहेको र अहिले आएर ती सम्झौतालाई फेरबदल गर्ने पक्षमा नरहेको पनि उहाँले बताउनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?