‘गोइचो’ पीडित ‘मोम्चो’का कथा
गोरखापत्र अनलाइन
चैत्र ५, २०७८ शनिबार
पत्रकार वसन्त पराजुलीको विसं २०७६ मा प्रकाशित ‘कुमाता’ कथासङ्ग्रहले निकै चर्चा–परिचर्चा दिलायो र चलिआएको मान्यता विपरीतको शीर्षकले उहाँलाई स्पष्टीकरणको कठघरामा उभ्याउने काम पनि ग¥यो । यद्यपि, छोटो समयमै तेस्रो संस्करण प्रकाशित हुन सफल ‘कुमाता’पछि उहाँ ‘मोम्चो’ कथासङ्ग्रह लिएर नेपाली साहित्यमा सफल कथाकारका रूपमा स्थापित हुनुभएको छ । कोरोना सङ्क्रमणका कारण बन्दाबन्दीको समयमा घरबाहिर ननिस्किरहेको बेला कथा...