श्रम स्वीकृतिको बाटो खुल्यो, खुलाउने अख्तियारी श्रम मन्त्रालयलाई
सीता शर्मा
असार ९, २०७७ मंगलवार
कोरोना भाइरसको महामारीका कारण विगत तीन महिनादेखि रोकिएको श्रम स्वीकृति खोल्न बाटो सहज भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि श्रम स्वीकृति दिन सक्ने अख्तियारी प्रदान गरेसँगै श्रम स्वीकृति दिनका लागि बाटो खुलेको हो । श्रम स्वीकृति यो दिनदेखि दिने भन्ने कुनै निर्णय भएको छैन । यो निर्णय गर्ने अधिकार सीसीएमसीले श्रम...