मागपत्र प्रमाणीकरण र श्रमिक छनोट अनलाइनबाट
सीता शर्मा
पुष १२, २०७६ शनिबार
देशिक रोजगार विभागले मागपत्रको प्रमाणीकरण (एटेस्टेसन) र श्रमिक छनोट (सेलेक्सन) प्रक्रियाका काम सन् २०२० जनवरी १ तारिखदेखि अनलाइन प्रणालीबाट गर्ने गरी तयारी गरेको छ । विभागले वैदेशिक रोजगार व्यवस्थित, मर्यादित, सुरक्षित र भरपर्दो बनाउने उद्देश्यसहित जनवरी १ तारिखबाट यो प्रणाली लागू गर्न थालेको हो ।