काठमाडौँमा १० करोडको तरुल
सीता शर्मा
माघ १, २०७६ बुधबार
आज माघेसङ्क्रान्ति अत्यधिक तरुल खपत हुने दिन । यसका लागि काठमाडौँका बजारमा सिमल तरुल, हात्तीपाइले तरुल, घर तरुल, वन तरुल, सिमल तरुल र पानी तरुल भित्रिएको छ । देशकै ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुल किनबेच गर्नेको भीड लागेको छ । माघेसङ्क्रान्तिकै अवसर पारेर अत्यधिक बिक्री हुने गरेकाले नेपालमा तरुलको व्यावसायिक खेती पनि सुरु भइसकेको छ ।