अति आवश्यकीय उपभोग्य वस्तुको आपूर्ति र विक्री वितरण नरोक्ने
सीता शर्मा
चैत्र १२, २०७६ बुधबार
सरकारले मङ्गलबार बिहानैदेखि लागू गरेको ‘लकडाउन’मा खाद्यान्न, औषधि तथा इन्धनलगायतका अति आवश्यकीय वस्तुको आपूर्ति र विक्री वितरण नरोक्ने भने पनि भ्रमका कारण थोरै पसल मात्र खुले । मङ्गलबार समस्या भए पनि बुधबारदेखि यस्तो समस्या नरहने सम्बद्ध निकायले जानकारी दिएका छन् ।