सडक बत्तीको सञ्चालन तथा व्यवस्थापन थालियो
भउचप्रसाद यादव
माघ ३, २०७६ शुक्रबार
राजधानीका सडक व्यवस्थित र सुरक्षित बनाउन ट्राफिक बत्ती बाल्ने अभियान अगाडि बढाइएको छ । राजधानीलाई सुन्दर, सुरक्षित र ट्राफिक व्यवस्थापन र सडकका खाल्डाखुल्डी पुरिने कार्यसँगै बत्ती सञ्चालनमा ल्याउन लागिएको प्रधानमन्त्री केपी शर्मा ओलीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले जानकारी दिनुभयो ।