सुनसेरा–टिङ्कर सडक परामर्शदाता चयन प्रक्रिया सुरु
भउचप्रसाद यादव
श्रावण ३०, २०७७ शुक्रबार
महाकाली कोरिडोर अन्तर्गतको दार्चुला–टिङ्कर सडकको सुनसेरादेखि टिङ्कर भञ्ज्याङ खण्डको निर्माण गर्न परामर्शदाता चयन प्रक्रिया अगाडि बढेको छ । सो सडकको विस्तृत इन्जिनियरिङ सर्भे, डिजाइन, रेखाङ्कन तथा कुल निर्माण खर्च तय गर्न परामर्शदाता चयन गर्न आशय पत्र माग गरिएको छ । उक्त सडक निर्माणको जिम्मा पाएका नेपाली सेनाले बिहीबार एक सूचना जारी गरी आशय पत्र माग
गरेको हो ।