दसवटा सिग्नेचर पुल बन्ने
भउचप्रसाद यादव
असार ८, २०७७ सोमबार
देशभर दसवटा ‘सिग्नेचर पुल’ निर्माण हुने भएको छ । सामान्य पुलभन्दा फरक डिजाइन र आकर्षक हुने यस्ता पुललाई ‘आर्क ब्रिज’ पनि भनिन्छ । पर्यटकीय दृष्टिले समेत यस्ता पुल आकर्षक हुने गर्छन् ।
दसवटा आकर्षक पुल निर्माण गर्न विश्व बैङ्कसँग ऋण सहयोग सम्झौता भइसकेको सडक विभागले जनाएको छ । विभागका अनुसार नारायणी नदी (चितवन), विजयपुर खोला (कास्की), रतुवा खोला (दमक), गछियाखोला (मोरङ), तमोर नदी (धनकुटा सडक, धरान), बाग्मती नदी (शङ्खमूल, काठमाडौँ),...