फोहोर पानी प्रशोधन केन्द्र निर्माण तीव्र
भउचप्रसाद यादव
चैत्र ५, २०७८ शनिबार
उपत्यकाका नदी र खोलाहरूलाई सफा बनाउने उद्देश्यले फोहोर पानी प्रशोधन केन्द्र निर्माण तीव्र पारिएको छ । गुह्येश्वरी फोहोर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । थप पाँच ठाउँमा प्रशोधन केन्द्र निर्माण हुँदैछ । अहिले सञ्चालनमा रहेका र निर्माणाधीन प्रशोधन केन्द्रहरूको प्रतिदिन १० करोड ५० लाख लिटर फोहोर पानी प्रशोधन गर्ने क्षमता छ ।