पुनर्निर्माणको बाँकी काम सम्बद्ध निकायबाटै
भउचप्रसाद यादव
भाद्र ३१, २०७८ बिहीबार
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गर्न बाँकी रहेका संरचनाहरूको पुनर्निर्माणसम्बन्धी बाँकी कार्य सम्बन्धित निकायमा हस्तान्तरण गरेको छ ।
सिंहदरबारस्थित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालयमा बुधबार आयोजित एक कार्यक्रममा २०७२ सालको भूकम्पले क्षतिग्रस्त भई पुनर्निर्माण हुन बाँकी निजी आवास, बस्ती विकास, सरकारी एवं सार्वजनिक भवन, स्वास्थ्य संस्था, शैक्षिक संस्था, गुम्बा तथा सडक एवं पुलहरूको...