उपत्यकामा तीनवटा जिल्ला प्रशासन कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा बन्द
देवबहादुर कुँवर
श्रावण २४, २०७७ शनिबार
काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण अप्रत्याशित ढङ्गले बढेपछि काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा १५ दिनका लागि स्थगित गरिएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र उच्च सुरक्षा अधिकारी सम्मिलित शुक्रबारको बैठकले साउन २५ गते आइतबारदेखि भदौ ८ गतेसम्म...