सामाजिक सञ्जालमा प्रतिक्रिया ‘राष्ट्रिय शक्तिबीचको एकता अभूतपूर्व’
दीपक श्रेष्ठ
जेष्ठ ३२, २०७७ आईतवार
संविधान संशोधनमार्फत लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपालको अद्यावधिक नक्सा प्रतिनिधि सभाबाट पारित भएपछि मुलुकभर खुसियाली छाएको छ । संविधान संशोधनमा देखिएको अभूतपूर्व राष्ट्रिय एकतालाई लिएर सामाजिक सञ्जालमा समेत खुसी व्यक्त गरिएको छ । यो राष्ट्रिय एकतालाई कूूटनीतिक वार्ता, छलफलपछि भूमि फिर्तासम्म अगाडि बढाउनुपर्ने सुझावसमेत सामाजिक सञ्जालमा पाइएको छ ।