सरररर...चचहुई...
दीपक श्रेष्ठ
कार्तिक १, २०७७ शनिबार
बगरमा काँस फुल्न र शहरमा चङ्गा उड्न थालेपछि शरद ऋतुसँगै दशैँको छनक मिल्छ । काठमाडौँका रैथाने नेवार बस्तीमा झ्यालिन्चाको मधुर सङ्गीत घन्कन थालेपछि लाग्छ, अब पक्का दशैँ आयो । टोलटोलमा ‘आयो रातो माटो’ भन्दै गाउँले लवजको विज्ञापन जब सुन्न थालिन्छ नि, त्यही बेला गाउँतिर झ्याउँकीरी बास्न थालिसकेका हुन्छन् । अब पक्का हो, नेपाली गाउँबस्ती र शहरमा दशैँको माहोल सुरु भयो ।
दशैँ, तिहार, छठ, तीज, माघी, बड्की, भुमे, ल्होछार, इद, क्रिसमसलगायत...