जनकपुरधाम, चैत २५ गते । प्रदेश नं. २ मा मङ्गलबारसम्म कोरोना भाइस सङ्क्रमणको आशङ्कामा ११९ जनाको स्वाब नमूना सङ्कलन गरिएको छ । सङ्कलितमध्ये १०३ को जाँचको नतिजा आएको प्रदेश समाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो ।
मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेका अनुसार १०३ जनाकै नतिजा नेगेटिभ छ भने १६ जनाको नतिजा आउन बाँकी छ ।
उहाँले नमूना सङ्कलन र परिणामलाई तीव्रता दिन क्षमता विस्तारका लागि प्रयास भइरहेको बताउनुभयो ।
सचिव घिमिरेले आशङ्का गरिएकाको स्वाबको नमूना सङ्कलनको गति र क्षमता बढाउन ;सरकारले गृहकार्य गरिरहेको छ भन्दै यसमा सङ्घीय सरकारबाट सहयोग आश्वासन प्राप्त ; भएको छ भन्नुभयो ।