logo
२०८१ माघ २५ शुक्रवार



संस्कृतिविद् जोशीको स्वास्थ्य अवस्थामा सुधार   

खुला |


संस्कृतिविद् जोशीको स्वास्थ्य अवस्थामा सुधार   


ललितपुर, जेठ २८ गते । वाङ्यमय शताब्दी पुरुष सत्यमोहन जोशीको छातीमा समस्या देखिएपछि गत बुधबार साँझबाट ग्वार्काेस्थित किष्ट मेडिकल कलेजमा उपचार भइरहेको छ । उहाँलाई छातीमा निमोनिया देखिएपछि भर्ना गरिएको कलेजका निर्देशक सुरज बज्राचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आज उहाँको अवस्था सामान्य भइसकेको छ । साविकसरह खानपिन पनि गर्न थालिसक्नुभयो । कोरोना रिपोर्ट नेगेटिभ आइसक्यो ।” उहाँका भतिज तथा उद्योग वाणिज्य सङ्घ, ललितपुरका पूर्वाध्यक्ष अजरमान जोशीले आजा उहाँको स्वास्थ्यमा निकै सुधार भएको र आउँदो आइतबार घर फर्काइने सम्भावना रहेको बताउनुभयो ।

गत वैशाख ३० देखि जोशी एक सय एक वर्ष पुरा गरी एक सय दुई वर्षमा प्रवेश गर्नुभएको छ । मुलुकमा बढ्दै गइरहेको दोस्रो लहरको कोरोना महामारीबीच जोशी निवास बखुम्बहाल पुगेर उहाँको जन्मोत्सवको अवसरमा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले सुस्वास्थ्य एवं दिर्घायुको कामना गर्नुभएको थियो । मदन पुरस्कारप्राप्त जोशीको मुहारअङ्कित रु १० को हुलाक टिकट पनि प्रकाशन भइसकेको छ । जोशीको नाममा नेपाल राष्ट्र बैंक टक्सार महाशाखाबाट उहाँको तस्वीर अङ्कित चाँदीको विभिन्न सिक्का समेत निस्कासन भइसकेको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?