logo
२०८१ माघ ३० बुधवार



पिसिआर शुल्क बढी लिने प्रयोगशालालाई कारवाही गरिने  

खुला |


पिसिआर शुल्क बढी लिने प्रयोगशालालाई कारवाही गरिने  
सांकेतिक तस्बीर


काठमाडौँ, वैशाख १४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को पिसिआर परीक्षण शुल्क बढी लिने प्रयोगशालालाई कारवाही गर्ने भएको छ ।    
    
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आज सूचना जारी गर्दै पिसिआरको शुल्क बढी लिने गरेको जनगुनासो मन्त्रालयमा प्राप्त भएकाले त्यस्ता प्रयोगशालालाई कारवाही गरिने जानकारी दिनुभयो ।

उहाँका अनुसार बढी लिएको पाइएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत ती प्रयोगशालालाई परीक्षणको सूचीबाट हटाइने छ । मन्त्रालयले सरकारी प्रयोगशालालाई रु एक हजार र निजी प्रयोगशालालाई पिसिआर परीक्षण शुल्क रु दुई हजार तोकेको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?