logo
२०८१ माघ ३० बुधवार



बाटाेमा लडेर छात्राको मृत्यु 

खुला |


बाटाेमा लडेर छात्राको मृत्यु 
सांकेतिक तस्बीर


सल्यान, वैशाख १४ गते । परीक्षा दिन हिँडेकी एक छात्राको बाटामै लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका वडा नं २ अत्तरकाँडा निवासी चन्द्रकला सार्की छिन् । छत्रेश्वरी – १ स्थित भानुभक्त मावि दमाचौरमा कक्षा १० की सार्कीको आज बिहान गणित विषयको परीक्षा दिन जाने क्रममा बाटामै सल्ली कुसुममा चिप्लिएर लडेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?