logo
२०८१ फाल्गुन २६ सोमवार



प्रदेश १ मा ६७ सङक्रमित, ५९ जना निको   

खुला |
प्रदेश |


प्रदेश १ मा ६७ सङक्रमित, ५९ जना निको   
सांकेतिक तस्बीर


विराटनगर, मङ्सिर २८ गते । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ६७ जना कोरोना सङ्क्रमित थपिएका छन् । यस अवधिमा गरिएको ४६० जनाको पिसिआर परीक्षणमा ३७ महिला र ३० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।    
थपिएका सङ्क्रमितमा मोरङमा ३१ मध्ये विराटनगरमा १६, झापामा १८, सुनसरीमा पाँच, तेह्रथुम, ताप्लेजुङ र उदयपुरमा दुई-दुई, सङ्खुवासभा र भोजपुरमा एक-एक र प्रदेश बाहिरका पाँच जना छन् । प्रदेशमा कोरोना सङक्रमितको सङ्ख्या हालसम्म २८ हजार ८७९ पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा आज ५९ जना सङ्क्रमित निको भई घर फर्केका छन् । यस प्रदेशमा हालसम्म दुई लाख ६३८ जनाको पिसिआर परीक्षण सम्पन्न गरिसकेको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?