रैथाने पशुपन्छी संरक्षणमा नयाँ नीति
केशवराज पाैडेल
माघ ६, २०७८ बिहीबार
नेपालका रैथाने जातिका पशुपन्छीलाई उनीहरूकै बासस्थानमा संरक्षण, भूगोल र जातअनुसार उच्च नश्लको विस्तार र उत्पादकत्व वृद्धि गराउन केही नयाँ आशा थपिएका छन् । राष्ट्रिय पशु प्रजनन नीति, राष्ट्रिय पशु स्वास्थ्य नीति र बर्डफ्लु नियन्त्रण नियमावली–२०७८ मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएसँगै पशुका रैथाने प्रजातिको संरक्षण, अनुसन्धान, नश्ल सुधार र पशु स्वास्थ्यको क्षेत्रमा केही आशा पलाएको सो क्षेत्रका विज्ञ एवं अनुसन्धानकर्ताले...