सत्ता गठबन्धनको बैठक सम्पन्न, आइतबार पुनः बस्ने
गोरखापत्र अनलाइन
फाल्गुन ६, २०७८ शुक्रबार
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । मिलिनियम् च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनालाई प्रतिनिधिसभा संसदमा छलफल गर्ने विषयमा छलफल भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।