logo
२०८१ जेष्ठ ३ बिहीवार



काँग्रेसद्वारा स्वतन्त्र सेनानी परिवारलाई सहयोग

खुला |
प्रदेश |


काँग्रेसद्वारा स्वतन्त्र सेनानी परिवारलाई सहयोग


नारद कोहार
तौलिहवा, फागुन ६ गते । नेपाली कांग्रेस कपिलबस्तले स्वतन्त्र सेनानी परिवारलाई एक लाख रुपियाँ सहयोग गरेको छ । बैंकबाट लिएको ऋण तिर्न नसकेर घर लिलामी प्रक्रियामा जानबाट जोगाउन काँग्रेसले सो सहयोग गरेको हो । कपिलवस्तु नगरपालिका १ मस्जिद टोलका स्वतन्त्रता सेनानी स्वर्गीय अब्दुल रंगरेजको परिवारलाई सहयोग गरेको हो । रंगरेजका छोरा जावेदलाई तौलिहवास्थित काँग्रेसले पार्टी कार्यालयमा सो रकमको चेक हस्तान्तरण गरेको हो ।

यस्तै, पार्टी कार्यालयमा विगतमा काम गरेका कार्यालय सहयोगी अनिरुद्ध कहारका श्रीमतिको काजक्रियाका लागि १० हजार सहयोग गरिएको छ । अनिरुद्धको यसअघि नै मृत्यु भएको थियो । अति विपन्न परिवार भएकाले उहाँको परिवारलाई सहयोग गरिएको पार्टीले जनाएको छ । लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य पार्टी जिल्ला सभापति अब्दुल कलाम खाँले सो रकम हस्तान्तरण गर्नुभएको थियो ।

एक लाखको चेक पाएर खुशी भएका जावेदले बताउनुभयो । पार्टीले आफ्नो बुवाको केही भएपनि योगदानका कदर गर्दै सहयोग गरेकोमा धन्यवाद दिनुभयो । ‘आपत परेकाबेला पार्टीले सहयोग गरेको छ, यसले घर लिलामीको प्रक्रिया केही महिनाका लागि भएपनि रोकिएको छ’ उहाँले भन्नुभयो । पार्टीले नेता कार्यकतोको सही मूल्यांकन गर्नुपर्ने उहाँको भनाई छ ।


पीडामा रहेका स्वतन्त्र सेनानीको परिवारलाई केही भएपनि मल्हम लागाउने पार्टीले काम गरेको प्रदेश महामन्त्री आचार्यले बताउनुभयो । पार्टीमा योगदान दिएका र पीडामा रहेको नेता कार्यकर्ताको पार्टीले मूल्यांकन गर्ने बताउनुभयो । पीडामा रहेको पार्टीका २ पुराना कार्यकर्ताहरुलाई केही भएपनि सहयोग गर्न पाएकोमा खुशी लागेको पार्टी सभापति खाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘आगामी दिनमा पनि हामीले यस्ता सहयोग र रचनात्मक काम गर्नेछौ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?