काठमाडौं, फागुन ६ गते । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । मिलिनियम् च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनालाई प्रतिनिधिसभा संसदमा छलफल गर्ने विषयमा छलफल भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।
यसै विषयमा फागुन ८ गते आइतबार बिहान १० बजे पुनः गठबन्धनको बैठक बस्ने पनि उहाँले बताउनुभयो । यस बैठकबाट भने एमसीसी सम्बन्धमा निष्कर्ष निकालिने उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीमा सहमति जुटाउन निरन्तर प्रयास जारी राख्दै आउनुभएको छ ।