बागलुङमा नेपाली सेनाका दुईसहित ७ जनालाई कोरोना संक्रमण पुष्टि
जिल्ला समाचार
आश्विन २६, २०७७ सोमबार
नेपाली सेनाका दुईसहित बागलुङमा सोमबार सात जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द् पोखरामा भएको पिसिआर परीक्षणमा नेपाली सेनाका २२ र ३१ बर्षिय पुरुष, बागलुङ नगरपालिका–७ का ५२ बर्षिय पुरुष, बानपा–१० का २९ बर्षिय पुरुष, वडा ४ का ३६ बर्षिय पुरुष, वडा–१ का ३४ बर्षिय पुरुष र वडा–७७ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो ।