बाँकेमा थप १९ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किए
जिल्ला समाचार
आश्विन ८, २०७७ बिहीबार
बाँकेमा बिहिबार नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दसहित १९ जना कोरोनामुक्त भइ निको भएर घर फर्किनु भएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार बिहिबार संक्रमणमुक्त भएर घर फर्किनेहरुमा नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्द, भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरी, जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत दुई प्रहरी...