जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सल्यान अस्पताल र गाउँपालिका शिल
जिल्ला समाचार
आश्विन १४, २०७७ बुधबार
जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सल्यान अस्पताल र गाउँपालिका शिल गरिएको छ । छत्रेश्वरी गाउँपालिका, त्रिवेणी गाउँपालिका र जिल्ला अस्पताल सल्यानमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि शिल गरिएको छ । जनप्रतिनिधि र कर्मचारी सहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्रिवेणी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारी सहित तीन जना, छत्रेश्वरी गाउँपालिकामा कर्मचारी सहित १५ जना, शारदा नगरपालिकामा...