थपिँदै सत्र विद्युतीय बस
लक्ष्मण दर्नाल
मंसिर २५, २०७८ शनिबार
आगामी एक हप्ताभित्र १७ वटा विद्युतीय बस काठमाडौँ आइपुग्ने भएका छन् । विद्युुतीय बस सञ्चालन गरिरहेको सुन्दर यातायात प्रालिले चीनमा खरिद गरेका १७ वटा बस अहिले सुनौली भन्सार ल्याइपु¥याइएको छ ।
कोरोना महामारीका कारण यी बस बन्दरगाहमा रोकिएका थिए । सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले भन्नुभयो, “१७ वटा बस सुनौली भन्सारमा ल्याएका छौँ । भन्सार शुल्क, परीक्षण प्रतिवेदन, यातायात व्यवस्था विभागका पत्रलगायतका...