औद्योगिक क्षेत्र निर्माणमा बजेट अभाव
लक्ष्मण दर्नाल
मंसिर ११, २०७८ शनिबार
शिलान्यास गरिएको नौ महिनासम्म पनि नयाँ औद्योगिक क्षेत्रको निर्माण कार्य अघि बढ्न सकेको छैन । कञ्चनपुरको दैजी औद्योगिक क्षेत्र, बाँकेको नौवस्ता, रुपन्देहीको मोतीपुर, चितवनको शक्तिखोर, मकवानपुरको मयूरधाप र झापाको दमक औद्योगिक क्षेत्रको शिलान्यास २०७७ फागुनमा भएको थियो ।