ग्यास बोटलिङ प्लान्ट निर्माणको तयारीमा निगम
लक्ष्मण दर्नाल
जेष्ठ २४, २०७८ सोमबार
नेपाल आयल निगमले एलपी ग्यास बोटलिङ प्लान्ट निर्माण गर्ने तयारी थालेको छ । अहिलेसम्म ग्यास बोटलिङ प्लान्टको काम नगरेको निगमले आफ्नै प्लान्ट बनाउन लागेको हो । झापाको चारआली र प्रदेश २ मा ग्यास बोटलिङ प्लान्ट निर्माण गरिने प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।
त्यस क्रममा परामर्शदाता नियुक्ति गरी प्राविधिक प्रतिवेदन बनाउने काम भइरहेको निगमले जनाएको छ । उपाध्यायले भन्नुभयो, “झापाको चारआली र प्रदेश २ को...