‘आवश्यकता र औचित्यका आधारमा मात्र विमानस्थल’
लक्ष्मण दर्नाल
पुष १७, २०७७ शुक्रबार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आवश्यकता र औचित्यका आधारमा मात्र नयाँ विमानस्थलको निर्माण अगाडि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।
प्राधिकरणको २२औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित समारोहमा मन्त्री ढकालले अहिले पनि २० भन्दा धेरै आन्तरिक विमानस्थल चलाउन नसकेको चर्चा गर्दै भन्नुभयो, “हामीले आवश्यकता र औचित्यका आधारमा एयरपोर्ट बनाउँछौँ कि पहुँच र शक्तिका...