रुसमा एकैदिनमा भएका कोरोना सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै धेरै
रासस / सिन्ह्वा
माघ २१, २०७८ शुक्रबार
रुसमा गएको २४ घण्टायता एकै दिनमा भएको कोरोनाभाइरस सङ्क्रमण दर सबैभन्दा धेरै भएको बताइएको छ । यहाँ बिहीबार अघिल्लो २४ घण्टायता १ लाख ५५ हजारभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण देखा परेको छ । यो सङ्ख्या एकै दिनमा भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो । त्यस्तै यो अवधिमा कम्तीमा पनि ६६५ जनाको ज्यान गएको बताइएको छ ।