पाकिस्तानमा कोभिड–१९ को दोस्रो लहरपछि सावधानी अपनाउन प्रधानमन्त्रीको आग्रह
रासस / सिन्ह्वा
मंसिर ७, २०७७ आईतवार
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कोभिड–१९ को सङ्क्रमणको दोस्रो लहरसँगै महामारीबाट बच्न आवश्यक सावधानी अपनाउन आइतबार आग्रह गर्नुभएको छ । उहाँले सरकारी अधिकारी, पाकिस्तानी जनता र विपक्षी दलहरूलाई पनि महामारीबाट बच्न सामाजिक दूरी कायम गर्ने र सङ्क्रामक रोगबाट अपनाउनुपर्ने अन्य स्वास्थ्यका उपायलाई पालना गर्न आग्रह गर्नुभएको छ ।