रोहिंग्या शरणार्थीको स्थानान्तरणप्रति राष्ट्रसंघद्वारा असन्तुष्टि व्यक्त
रासस / सिन्ह्वा
मंसिर २०, २०७७ शनिबार
बङेगलादेशको कोक्स बजार वरपर रहेका रोहिंग्या शरणार्थीलाई दवावमा पारी बङ्गालको खाडी नजिकको एक टापूमा सार्न लागेको भन्दै संयुक्त राष्ट्रसंघले चासो व्यक्त गरेको छ ।
“हामीले शिविरहरूबाट प्राप्त रिपोर्टहरूमा केही शरणार्थीहरू भसन चार टापूमा बसाइँ सर्न दबाब महसुस गरिरहेको बताइएको छ । स्थान परिवर्तनको बारेमा शरणार्थीहरूको प्रारम्भिक दृष्टिकोण परिवर्तन भएको छ र अब बसाइँ सर्न चाहेको छैनन्,” राष्ट्रसंघ प्रमुख महासचिव...