बङ्गलादेशमा चार लाख सात हजारभन्दा बढी सङ्क्रमित, पाँच हजार ९२३ को मृत्यु
रासस / सिन्ह्वा
कार्तिक १५, २०७७ शनिबार
बङ्गलादेशमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या चार लाख सात हजार ६८४ पुगेको यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयले शनिबार जानकारी गराएको छ । विगत २४ घण्टामा बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमित हुनेको थप सङ्ख्या एक हजार ३२० रहेको र १८ जनाको मृत्यु भएको जनाइएको छ ।