राजिनामा दिन सबै मन्त्रीलाई चिलीका राष्ट्रपतिको निर्देशन
आन्दोलनकारीहरुको झण्डै एक हप्ता लामो सडक प्रदर्शनपछि उहाँले शनिबार आन्दोलनको सम्बोधन स्वरुप मन्त्रीहरुलाई राजिनामा दिन लगाउनु भएको हो ।
समोआमा भूकम्प
ओसिनिया–अस्ट्रेलिया द्वीपराष्ट्र समोआमा मङ्गलबार ६.० म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ ।
कङ्गोमा सडक दुर्घटनामा परी २४ जनाको मृत्यु
कङ्गोको राजधानी शहर किन्सासामा आइतबार बिहान सबेरै भएको सडक दुर्घटनामा परी कम्तीमा पनि २४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।
भानुआतुको तटीय क्षेत्रमा ६.४ म्याग्नीच्युडको भूकम्प
भानुआतुको तटीय क्षेत्रमा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ ।
चिनियाँ लगानीमा इथियोपियामा २२ करोड डलरमा कारखाना स्थापना
चीनको विशाल टेक्स्टाइल कम्पनी उक्सी कटन टेक्स्टाइलले इथियोपियामा करिब २२ करोड अमेरिकी डलर लगानीमा कारखाना स्थापना गरेको छ ।
क्रोएसियामा यौनहिंसा विरुद्ध हजारौंको प्रदर्शन
पूर्वी युरोपको क्रोएसियाका विभिन्न सहरहरुमा यौनहिंसाका विरुद्ध हजारौंले प्रदर्शन गरेका छन् ।
दक्षिणी सुडानमा बाढीका कारण दुई लाख मानिस विस्थापित
दक्षिणी सुुडानमा आएको भिषण बाढीबाट कम्तीमा पनि २ लाख नागरिक विस्थापित हुनुपरेको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
इयू र बेलायतबीच नयाँ सहमति
युरोपेली संघबाट बेलायत बाहिरिनेबारेमा युरोपेली संघ (इयु) र बेलायतले नयाँ सम्झौताका लागि सहमति भएको छ । सामाजिक सञ्जाल ट्वीटर मार्फत् नयाँ सम्झौतामा पुगेको संघका अध्यक्ष क्लाउड यङ्कर र बेलायती प्रधानमन्त्री बोरिस जोनसनले जानकारी गराउनुभएको छ ।
बुर्किनाफासोको मस्जिदमा आक्रमण, १५ जनाको मृत्यु
अफ्रिकी मुलुक बुर्किनाफासोको उत्तरी भेगमा रहेको एउटा मस्जिदमा अज्ञात बन्दुकधारीले शुक्रबार गरेको आक्रमणमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतमा
चीनका राष्ट्रपति सी चिनफिङ भारत भ्रमणका सन्दर्भमा शुक्रबार अपराह्न चेन्नाई आइपुग्नुभएको छ । उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दोस्रो अनौपचारिक शिखर बैठकका लागि चेन्नाई आउनुभएको हो ।