भेनेजुएलाका राष्ट्रपति मदुरोसँग भेट्ने राष्ट्रपति ट्रम्पको इच्छा, विपक्षी नेता अविश्वसनीय
रासस / एएफपी
असार ८, २०७७ सोमबार
तर विवादकै बीच एक्सियोस न्यूजलाई दिएको अन्तर्वार्तामा आफू भेनेजुएलाका राष्ट्रपतिसँगको भेटवार्ताका लागि खुला रहेको बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले भन्नुभएको छ, “मैले त्यसबारेमा सोच्दैछु । मदुरो पनि सायद भेट्न चाहनु हुन्छ । मैले कहिल्यै पनि बैठकका लागि अस्वीकार गरेको छैन ।” उहाँले अगाडि भन्नुभयो, “मैले जहिल्यै भन्ने गरेको छु, भेटघाटबाट केही नराम्रो हुँदैन ।”