logo
२०८१ असोज ८ मंगलवार



कोरोना भाइरसबाट विश्वमा चार लाखभन्दा बढीको मृत्यु, ७२ लाखभन्दा बढी सङ्क्रमित

अन्तर्राष्ट्रिय |


कोरोना भाइरसबाट विश्वमा चार लाखभन्दा बढीको मृत्यु, ७२ लाखभन्दा बढी सङ्क्रमित


जेनेभा (स्वीट्जरल्याण्ड), जेठ २७ गते । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या ४ लाख ८ हजार ९७५ पुगेको छ । साथै यस सङ्ख्याबाट विश्वभर ७२ लाख १० हजार १९६ जना सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार मङ्गलबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३५ लाख ५० हजार ५५९ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस सङ्क्रमित ३२ लाख ५० हजार ६६२ व्यक्ति उपचाररत रहेका छन् । सङ्क्रमितहरूमा ५३ हजार ७८८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्ख्याको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २० लाख २६ हजार ५९७ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख १३ हजार ६१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ११ लाख ७६ हजार ५८४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ५१ हजार ३३७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २३ लाख सात हजार ३०१ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ एक लाख ३६ हजार ७७१ जनाको मृत्यु भएको छ ।

युरोपमा २१ लाख १८ हजार २१६ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने १ लाख ७९ हजार ५६८ को मृत्यु भएको छ । एसियामा १३ लाख ९९ हजार ४०९ जनामा कोरोना भाइरस सङ्ख्या रहेको छ भने, ३५ हजार ७७० जनाको मृत्यु भएको छ ।

अफ्रिकामा एक लाख ९९ हजार सात जनामा कोरोना भाइरस सङ्ख्या रहेको छ भने पाँच हजार ३९० जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ८७७ जनामा कोरोना भाइरस सङ्ख्या रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?