महामारीका कारण दक्षिण एसियाका लाखौँ बालबालिका गरिबीमाः युनिसेफ
रासस / एएफपी
असार ९, २०७७ मंगलवार
एसियाली आठ मुलुकहरू भारत, पाकिस्तान, अफगानिस्तान, नेपाल, बङ्गलादेश, श्रीलङ्का, मालदिभ्स र भुटान समावेश रहेको दक्षिण एसियामा करिब ६० करोड बालबालिका रहेकोमा झण्डै दुई करोड ४० लाख गरिबीबीच बाँचिरहेका युनिसेफले बताएको छ ।
“अब तत्काल सुधारको प्रयास नथालिएमा कोभिड–१९ ले प्रभावित सम्पूर्ण जनसङ्ख्याको आशा र भविष्यलाई बर्वादीतर्फ धकेल्नेछ,” युनिसेफका दक्षिण एसिया क्षेत्रीय निर्देशक जाँ गोफले एक विज्ञप्ति जारी गरी उल्लेख...