कोरोनाले बालबालिकाको खोप प्रभावित, उन्मूलन हुन लागेका रोग फर्कने चिन्ता
विष्णु पाण्डेय
भाद्र १०, २०७८ बिहीबार
विश्वव्यापी रुपमा फैलिएको कोरोना सङ्क्रमण नेपालमा प्रवेश गरेपछि स्वास्थ्यको क्षेत्रमा धेरै ध्यान गयो । कोरोना सङ्क्रमणबाट आफू कसरी बच्ने र घरका सदस्यलाई कसरी बचाउन सकिन्छ भन्नेतर्फ नै सबैको ध्यान गयो । तर बालबच्चाले लगाउनुपर्ने खोपको सन्दर्भमा न राज्यको ध्यान पुगेको देखियो न आफन्तको नै ।
कोरोना संक्रमण नेपालमा प्रवेश गरेसँगै बालबालिकालाई दिईने खोपको कभरेज दरमा कमी आएको देखिएको छ । सन् २०२० को तथ्यांकले जनाएअनुसार...