फोहाेरबारे दार्शनिक पक्ष नै कमजोर, प्लेग फैलिएको इतिहास छ : विज्ञ
दीपा चाैधरी
भाद्र ९, २०७८ बुधबार
नेपालमा फोहोरमैला व्यवस्थापनका लागि दार्शनिक पक्ष एकदमै कमजोर रहेको जनस्वास्थ्यविद्को भनाइ छ । जनस्वास्थयविद् डा.बाबुराम मरासिनीले काठमाडौँ उपत्यकामा फोहोर मैला व्यवस्थापन दीर्घकालीन नीतिको विषय भएकाे तर आज पनि फोहोर मैला व्यवस्थापन जस्ताको त्यस्तै रहेको बताउनु हुन्छ ।