पाँच वर्षमा २३ वटा सामूहिक हत्या : डिप्रेशन, आर्थिक लेनदेन प्रमुख कारण
दीपा चाैधरी
भाद्र २५, २०७८ शुक्रबार
नेपालमा आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ सम्म २३ वटा सामूहिक हत्याका घटना भएको छ ।
प्रहरी प्रधान कार्यालयको पाँच वर्षको तथ्यांकअनुसार कर्णालीमा पाँच वटा, प्रदेश नं १ मा तीन, प्रदेश नं २ मा तीन, बागमतीमा प्रदेशमा चार, लुम्बिनीमा दुई र सुदूरपश्चिम प्रदेशमा छ वटा सामूहिक हत्याको घटना भएका छन् । ती घटनामा ११ बालक, पाँच बालिका, २५ महिला र २७ जना पुरुष गरी जम्मा ६८ जनाको हत्या भएको देखिएको छ ।