कानुनी बाटो सहज, हिंसा सहनु हुन्न भन्ने चेतना, पारिवारिक बेमेल
दीपा चाैधरी
पुष ५, २०७८ सोमबार
पछिल्लो समय नेपालमा सम्बन्ध–विच्छेदका घटनाहरु बढेसँगै काठमाडौं जिल्ला अदालतमा यसको दर्ता सङ्ख्या पनि बढेको छ ।
जनचेतनाको कारण पछिल्लो समय नेपालमा सम्बन्ध–विच्छेदका घटनाहरु बढ्ने गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दहाल बताउनुहुन्छ । उहाँका अनुसार नयाँ मुलुकी संहिता लागू भएसँगै पुरुषले पनि सम्बन्ध–विच्छेदको मुद्दा हाल्न पाउने कानुनी व्यवस्थाले यो क्रम बढेको हो ।