लगानीको बाटो खोल्न एमसीसी
अशाेक अधिकारी
माघ २४, २०७८ सोमबार
अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का दुई परियोजनामा खर्च हुने प्रारम्भिक ढाँचा स्पष्ट छ । उक्त ढाँचाअनुसार रुपन्देहीको बुटवलदेखि दाङको लमहीसम्मको सडक बनाउने र रातोमाटे, लप्सीफेदी, दमौली, बुटवलदेखि सुनौलीसम्म अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माण गर्ने हुनुपर्ने हो ।