भारतमा कोरोनाबाट एक दिनमा सात हजार सङ्क्रमित थप, २८९ को मृत्यु
रासस / एएनआई
पुष ३, २०७८ शनिबार
कोरोनाभाइरसबाट भारतमा पछिल्लो एक दिनमा सात हजार १४५ जना नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार सोही अवधिमा कोरोनाका कारण अरु २८९ जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ८४ लाख ५६५ रहेको पुगेको पनि जनाएको छ ।
यो सङ्ख्या पछिल्लो ५६९ दिनपछिकै सवैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीहरुले शनिबार जानकारी दिएका छन्...