logo
२०८१ मंसिर ८ शनिवार



हंगेरीले अगस्टदेखि तेस्रो खोप लगाउन आह्वान गर्ने

अन्तर्राष्ट्रिय |


हंगेरीले अगस्टदेखि तेस्रो खोप लगाउन आह्वान गर्ने
तस्विर-एपी न्यूज


बुडापेस्ट, साउन २ गते।
हंगेरीले आफ्ना नागरिकहरुलाई कोरोनाभाइरस विरुद्धको खोप तेस्रो पटक लगाउन आह्वान गर्ने भएको छ ।
प्रधानमन्त्री भिक्टर अर्बानले शुक्रबार दिएको जानकारीअनुसार सरकारले आगामी अगस्टदेखि नागरिकहरुलाई खोपको तेस्रो मात्रा लगाउन आह्वान गर्ने भएको हो । तेस्रो मात्रा खोप लगाउन अनिवार्य नगरिने र लगाउन चाहेकाहरुले भने लगाउने पाइने व्यवस्था गरिने उहाँले बताउनुभयो ।
“खोप लगाउने योग्य रहेका, आवश्यकता देखिएका, स्वास्थ्य अवस्थाले अनुकूल भएका सबै नागरिकलाई तेस्रो खोप लगाउने व्यवस्था गर्न लागिएको छ”, सार्वजनिक एक रेडियोलाई दिएको अन्तवार्तामा उहाँले भन्नुभयो । दोस्रो खोप लगाएको कम्तीमा चार महिनापछि मात्रै तेस्रो खोप लगाउन दिइने सरकारले जनाएको छ । कुन व्यक्तिलाई तेस्रो मात्राको खोप लगाउन दिने वा नदिने भन्ने बारेमा उसको सवै स्वास्थ्य विवरण हेरेर चिकित्सकहरुले सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको छ ।
“कोरोनाभाइरस विरुद्धको खोपको तेस्रो मात्रा लगाउनका लागि डराउनुपर्ने कुनै कारण छैन, कसैले लगाउन चाहन्छन् भने अवसर पनि दिनुपर्छ भन्ने मान्यताले तेस्रो खोपको व्यवस्था गर्न लागिएको हो,” प्रधानमन्त्री अर्बानले भन्नुभयो । आफ्ना नागरिकको सुरक्षाका लागि यसअघि अरु देशहरुले पनि तेस्रो खोप लगाउन सकिने व्यवस्था गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?