logo
२०८२ भाद्र २४ मंगलवार



हाइटीको राष्ट्रपति निवासका सुरक्षा प्रमुख गिरफ्तार

अन्तर्राष्ट्रिय |


हाइटीको राष्ट्रपति निवासका सुरक्षा प्रमुख गिरफ्तार
तस्विर-नेशन न्यूज वल्र्ड


पोर्ट औ प्रिन्स, साउन १ गते।
हाइटीको राष्ट्रपति निवासका सुरक्षा प्रमुखलाई प्रहरीले नियन्त्रणमा लिएर थुनामा राखेको छ । हाइटीका राष्ट्रपति जोभेनेल मोइसको हत्या घटनाका बारेमा छानविन तथा अनुसन्धान गर्न उहाँलाई नियन्त्रणमा लिइएको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति कार्यालयका सुरक्षा प्रमुख डिमित्री केरार्जलाई सुरक्षा अधिकारीहरुले घटनाका बारेमा विभिन्न दृष्टीकोणबाट प्रश्नहरु गरेको जनाइएको छ ।
घटनाका बारेमा अनुसन्धान गर्न प्रहरीले गुप्तचर निकाय र अनुसन्धान निकायसँग समन्वय गरिरहेको पनि प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । राष्ट्रपति मोइसको गत हप्ता निवासमै गोली प्रहार गरी हत्या भएको थियो । राष्ट्रपतिको हत्या गर्नेहरुले उहाँकी पत्नीलाई घाइते समेत बनाएका छन् । उहाँको अहिले अमेरिकी अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले घटनामा दोषी भएको आशंकामा २८ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुबाट विभिन्न प्रमाण र आधारहरु भेटिँदै गएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?