प्राधिकरणमा खिम्तीको स्वामित्व अलमलमै
गोपालचन्द्र सुवेदी
श्रावण १९, २०७८ मंगलवार
खिम्ती जलविद्युत् आयोजनाको आधा स्वामित्व नेपाल विद्युत् प्राधिकरणमातहत लिने प्रक्रियाले अझै पूर्णता पाएको छैन । कानुनी रूपमा २०७७ असार २७ गतेदेखि नै सो कम्पनीको ५० प्रतिशत स्वामित्व प्राधिकरणमा आइसक्नुपर्ने थियो तर आयोजनाका प्रवद्र्धक र सरकारका प्रतिनिधिबीच घनीभूत छलफल हुन नसक्दा एक वर्षदेखि सो आयोजनामा सरकारको स्वामित्व स्थापित हुन पाएको छैन ।
आयोजनाको स्वामित्व लिनका लागि भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ...