शारीरिक अशक्तलाई गाह्रो छ डिजिटल बैङ्किङ
गोपालचन्द्र सुवेदी
जेष्ठ २९, २०७८ शनिबार
संविधानदेखि अन्य कानुनले शारीरिक रूपमा अशक्त भएका व्यक्तिलाई जुनसुकै सेवा सुविधा सहज रूपले पहुँचको व्यवस्था गरेको छ । आमनागरिकसँग वित्तीय पहुँच विस्तारका लागि राज्य र सरोकारवालाले विभिन्न सक्रियता देखाइरहँदा नेपालका दृष्टिविहीन अझै पनि वित्तीय सेवा प्राप्तिमा सकस रहेको अनुभव गर्छन् ।
बैङ्क खाता सञ्चालनदेखि सेयर कारोबारमा दृष्टिविहीनहरूले स्क्रिन रिडर सफ्टवेयरको सहायताले मोबाइल, ल्यापटप र कम्पयुटर चलाउँछन्...